भक्तपुर दुर्घटनाको सत्य तथ्य फुटेज बाहिरियो

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ गट्ठाघरमा भएको दुर्घटनाको सत्य तत्थ्य सिसिटिभी फुटेज बाहिरिएको छ । फुटेज अनुसार दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो।

सीसीटीभी फुटेजमा ट्राफिकले स्कुटरलाई रोकेको देखिँदैन । दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ। सोही क्रममा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेका स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ ।

स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार पुरुषलाई घिर्सादै ट्रक केही मिटर पर पुगेर रोकिएको फुटेजमा देखिन्छ ।

- Advertisement -
Ad imageAd image

घटनापछि त्यहाँ उभिएका ३ जनामध्ये एक जना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ अघि बढ्छन् । एक ट्राफिक दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् ।

लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ । यो दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ ।

उनको शव आफन्तले सनाखत समेत गरिसकेका छन् भने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले दुर्घटनामा परेको स्कुटरलाई ट्राफिकले नरोकेको बताउँदै आएका थिए ।

- Advertisement -
Ad image
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्