पहिरोमा परि भारतको उत्तराखण्डमा चार जना नेपालीकोे मृत्यु

७ भदौ,चितवनं । मुसलधारे वर्षातपछि भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ।
मृत्यु भएका मध्ये तीन जना चितवन जिल्लाका र एक जना दैलेखका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चार जना नेपाली श्रमिकको ज्यान गएको हो। चारै जनाको शव भारतीय एसडीआरएफले संकलन गरिसकेको नवभारत टाइम्सले उल्लेख गरेको छ।

बिहीबार राति भारी वर्षातपछि पहिरो गएको बताइएको छ। पहिरोमा उनीहरु फसेका थिए। उद्धारको पहल भए पनि वर्षात र पहिरो छिचोल्दै ढिलो गरी घटनास्थलमा उद्धार टोली पुगेको थियो।
पहिरोमा परी मृत्यु हुने नेपालीमा चितवनका हरकसिंह बहादुर, पूणर् नेपाली र कृष्ण परियार तथा दैलेखका खड्गबहादुर रहेको बताइएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्