काठमाडाैँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दोहोरो पासपोर्ट र नागरिकताको मुद्दामा तत्काल पक्राउ गर्नुपर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बाेल्दै उनले भने,’सहकारी ठगी उनको थप अपराध हो गृहमन्त्री, सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको, तुरुन्त थुनौं?’
उनले प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने बताए।
TAGGED:नेपाली काँग्रेस