तनहुँ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ जना पुग्यो, बसमा ४३ जना यात्रु रहेको पुष्टी

७ भदौ, पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ऐना पहरा नजिकै भएको दुर्घटनामा  मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमण्डौ पठाइएको छ  भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो,’ तनहुँका सीडीओ गौतमले भने, ‘सुरुमा १४ जनाको मृत्यु भएको र पछि १३ जना गरी २७ जनाको मृत्यु भएको हो ।’

- Advertisement -
Ad imageAd image

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ भने दुर्घटनार अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ । तनहुँका सीडीओ गौतमका अनुसार बाँकी प्रक्रियाकाबारे टुंगो लागिसकेको छैन ।

भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्