साफ यू–२० च्याम्पियनसिप : भारतले बंगलादेश र नेपालले भुटानको सामना गर्ने

ललितपुर — भारतले साफ यू–२० च्याम्पियनसिपको अन्तिम लिग चरणको खेलमा माल्दिभ्सलाई १–० ले पराजित गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार भएको समूह ‘बी’ को खेलमा भारतले लगातार दोस्रो जित निकालेको हो ।

यो जितपछि भारत समूह विजेता रह्यो । उसको ६ अंक भएको छ । भारतका लागि दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा मंग्लेनथान किपगेनले निर्णायक गोल गरे ।

भुटान ३ अंकसहित दोस्रो स्थानमा रह्यो । लगातार दोस्रो हारपछि माल्दिभ्स भने शून्य अंकमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

यससँगै प्रतियोगताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अब अन्तिम चारमा नेपालले भुटान तथा भारतले बंगलादेशको सामना गर्नेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्