ट्युनिसियाकी भलिबल खेलाडी योस्राले मधेशबाट खेल्ने

काठमाडौँ — एभरेस्ट महिला भलिबल लिगका लागि मधेश युनाइटेडले दोस्रो विदेशी खेलाडीको रूपमा ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरेको छ । फ्रेन्चाइज लिगका लागि दुई विदेशी खेलाडी घोषणा गर्ने मधेश टिम पहिलो टोली बनेको छ । मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभ्जेनियालाई अनुबन्ध गरिसकेको छ ।

ट्युनिसियाकी मिडल ब्लकर योस्राको आगमनले टोलीको ब्लकिङ पोजिसन अझ सशक्त हुने मधेशको विश्वास छ । ट्युनिसियाकी राष्ट्रिय टिमकी सदस्य २३ वर्षीया योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, सुपर कपसमेत खेलेकी छन् । उनको उचाइ १८४ सेन्टिमिटर छ ।

नेपालमा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगका लागि ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । योस्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपाली कोर्टमा खेल्न उत्साहित रहेको जनाएकी छन् । मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई आफ्नो टिममा अनुबन्धन गर्न पाउँदा खुसी लागेको बताइन् ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेशको टिममा ८ नेपाली र २ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ छन् । काभा यू–२० महिला च्याम्पियनसिप खेलेकी एलिशा मानन्धरसहित आशिका क्षेत्री, पूजा थारु, हीरा केसी, जसना महतो छन् । फ्रेन्चाइज भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको हो ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्