तिलावेमा बेपत्ता किसोर ३० घण्टा पछि मृत भेटिए

९ भदौ,वीरगञ्ज । पर्साको तिलावे नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेका छन् । बेपत्ता समीर देवान झण्डै तीस घण्टा पछि आइतवार दिउासो मृत अवस्थामा फेला परेका हुन ।

बहुदरमाइ मन्दिर नजिकबाट बेपत्ता भएका समीरको शव करिब ५ सय मिटर दक्षिणतर्फ नदिबाट फेला परेको खोजी कार्यमा सहभागी सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले बताए । बेपत्ता समीरको नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा खोजतलासमा जुटेको थियो ।

हिजो विहान साढे ११ बजेदेखि उनी बेपत्ता भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएदेखि नै सशस्त्र प्रहरीको टोली परिचालन गरी खोजी कार्य सुरु गरेको थियो । सशस्त्र प्रहरी बल पर्साका अनुसार समीरको खोजीका लागि र्‍याफटिङ्ग टोली र पैदल टोली परिचालन गरिएको थियो । मृतक समीर बहुदरमाइ नगरपालिका वडा नम्बर २ निवासी असलम देवानका छोरा हुन । उनी शनिबार तिलावे नदीमा तीन जनाको समुह पौडी खेल्न गएका थिए । उनी कक्षा ६ मा अध्यायनरत थिए ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्