२९ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने यो फ्रेन्चाइज लिगका लागि शुक्रबार मार्की प्लेयर घोषणा गरेको थियो । शनिबार गोला प्रथाबाट उनीहरुको टिम छनोट गरिएको छ ।
शनिबार गरिएको घोषणा अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।
अरु खेलाडी छनोटका लागि भने दशैंअघि नै बोलकबोल हुनेछ । एनपीएलका हरेक टिमले १६ जना खेलाडी राख्न पाउनेछन् । त्यसमा ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् ।
८ वटै टिमले पाए मार्की प्लेयर, कुन टिमको को ?
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ ।
नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।
जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।
सबै मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउनेछन् । एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।