विश्वकर्मा पुजा धुमधामका साथ मनाईयो

१ असोज, काठमाडौं । आश्विन संक्रान्तिका दिन आज पूजा आराधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ ।

आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजार लगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ ।

बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

- Advertisement -
Ad imageAd image

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्