पिताको जन्मदिनमा रोनाल्डोले गोल सपर्मण गरे

काठमाडौँ । साउदी क्लब अल नासरले एसियन च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा कतारी क्लब अल रियानलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले अल रियानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोले यो गोल आफ्नो पिताको नाममा समर्पित गरेका थिए । आफ्ना पिताको जन्मदिनको दिन गरेको गोल भन्दै यो गोल आफ्ना लागि विशेष रहेको रोनाल्डोले बताएका छन् ।

त्यस्तै अल रियानका लागि रोजर गुएडसले एक गोल गरेका थिए ।

- Advertisement -
Ad imageAd image

यसअघि पहिलो खेलमा बराबरीमा रोकिएको अल नासरको यो एएफसी च्याम्पियन्स लिगमा पहिलो जित हो । यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल रियानले भने आफ्ना शुरुआती दुवै खेलमा हार बेहोरेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्