इजरायलको आक्रमणमा परी २७ सेप्टेम्बर मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्यु भएको ७ दिन पछि उनको अन्तिम संस्कार गरिएको छ।
न्यूज एजेन्सी एएफपीका अनुसार इजरायली आक्रमणको डरले नसरल्लाहलाई एक ‘सेक्रेट’ स्थानमा ‘दफनाइएको’ जनाइएको छ। उनको मृत्युको शोकमा ठुलो संख्यामा मानिसहरु भेला भएका थिए। केही दिनदेखीनै विश्वभर रहेका उनका मुस्लीम समर्थकले उनको सम्झनामा श्रदाञ्जली सभाहरु आयोजना गरिरहेका थिए।
जतिबेला नसरल्लाहको अन्तिम संस्कार हुँदै थियो। सोही समयमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले तेहरानको ग्रेन्ड मस्जिदमा हिजबुल्लाह प्रमुखको सम्झनामा नमाज पढेका थिए। त्यसपछि उनले अत्यन्तै दुर्लभ मानिने सार्वजानिक सम्बोधन गरेका थिए। मस्जिद परिसरमा उपस्थित हजारौं मानिसहरुका विचमा सार्वजानिक सम्बोधन गर्दै मुस्लीमहरुको साझा सत्रु इजरायल भएको बताए, उनले उक्त अवसरमा विश्वभरका मुसलमानहरुलाई एकजुट हुन पनि अपिल गरेका थिए।
साथै उनले भने ‘ विश्वमा एउटा पनि यस्तो अदालत छैन्, जहाँ प्यालेस्टाइनलाई आफ्नो जमीनको सुरक्षा गर्नका लागि दोषी ठहराउन सकोस्।’ खामेनीले इजरायलको सामना गर्नका लागि अरब देशलाई एकजुट हुन अपिल गरे। उनले भने इजरायललाई ध्वस्त गर्नुको विकल्प अरब देशहरुसँग नभएको बताए। उनले मंगलबार इजरायल विरुद्ध गरिएको मिसायल आक्रमण एउटा सानो सजाय भएको बताए। साथै उनले आवश्यक परेमा फेरी आक्रमण गर्ने चेतावनी दिए।
उनले कहिलेपनि इजरायलले हमास र हिजबुल्लाहलाई हराउन पाएको छैन्। नसरल्लाहको मृत्युपछि खामेनीलाई एक सुरक्षीत स्थानमा लगिएको थियो। यसपछि पहिलो पटक सार्वजानकि रुपमा देखिएका हुन्। यसअघि खामेनी २०२० मा इरानी रिभोलुसनरी कमान्डर कासिम सुलेमानीको मृत्युको समयमा उनको सम्झनामा नमाज पढेका थिए र मलामीमा सहभागि भएका थिए।