सखुवाप्रसौनी गापाद्वारा पानी ओसारेर वीरगंज महानगरमा वितरण गर्दै

वीरगंज, २४ असार । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले आफ्नो दमकलबाट वीरगंज महानगरपालिकाका विभिन्न वडामा पानी वितरण कार्य शुरू गरेको छ ।
गापाअध्यक्ष जसवन्त यादवको नेतृत्वमा वीरगंज–१७ अलौं क्षेत्रमा मंगलवारदेखि ६ हजार लिटर पानी वितरण गरिएको थियो ।
सखुवा प्रसौनी गापामा डिप बोरिङहरूबाट पानी भरेर दमकलमार्फत वीरगंजका वडाहरूमा पानी वितरण गरिने गापा अध्यक्ष यादवले बताए । वीरगंजमा खानेपानीको विकराल संकटप्रति चुप बस्नु उचित नभएको भन्दै उनले यो राहत वितरण हाम्रो मानवीय कर्तव्य रहेको र निरन्तर गरिने बताए ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्