विजया दशमीको अवसरमा नेपाल हाम्रो संसारद्वारा रक्तदान कार्यक्रम

वीरगज, ३ असोज । हिन्दूहरुको महान पर्व शुभ विजया दशमीको अवसरमा नेपाल हाम्रो संसार नामक संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको श्रीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १० जना महिलासहित ४१ जनाले रक्तदान गरेका थिए । नेपाल हाम्रFे संसार, श्रीपुर वीरगंजका अध्यक्ष्F विशाल पटेल, उपाध्यक्ष आकाश पटेल, सचिव त्रिनेश गिरी, सहसचिव प्रमेश गिरी, कोषाध्यक्ष्F सुनील मण्डललगायतले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भागरित महतो धानुक, वरिष्ठ अतिथि सुन्दरप्रसाद कुर्मी, अतिथिहरुमा अजय चौरसिया लगायतको सहभागिता थियो । श्री दुर्गा पूजा सेवा समिति श्रीपुरको सहयोगमा आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्