जेनजी शहीको सम्झनामा रास्वपाद्वारा श्रद्धाञ्जलीसभा

वीरगंज, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साले जेनजी शहीदहरूको सम्झनामा श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । बिहीवार साँझ घण्टाघरमा मैनबती बालेर मौन धारण गरी रास्वपा पर्साले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको हो । रास्वपा पर्सा सभापति हरि पन्तले गत भाद्र २३ गते जेनजी पुस्ताका युवाहरूले ४८ घण्टामा गरेको अर्थपूर्ण राजनीतिक हस्तक्षेपमा तत्कालीन सरकारले बर्बर र निर्मम दमन गर्दा वीर जेनजी युवाहरू सहीद भएको आज एक महिना पुगेकोले ती वीर सहीदहरूको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको बताए । उनले निर्दाेष भाइबहिनीहरूको हत्यामा संलग्नलाई यथाशीघ्र कारबाही गरेर शहीदहरूको सम्मान गर्न सरकारसँग माग गरे । श्रद्धाञ्जली सभामा केन्द्रिय सदस्य नन्दन यादव, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्रा, राम आर्या, चन्दन यादव, कृष्णा पासवान, दिपराज पटेल, दिलीप कुर्मीलगायतका नेताहरूको उपस्थिति थियो ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्