वीरगंज, २५ असोज । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ बस्ने २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँँपालिका–६ बस्ने १९ वर्षीय गौतम पटेल रहेका छन। शनिवार दिउँसो नेपालबाट भारत जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकललाई बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको गस्ती टोलीले रोकेर चेकजाँच गर्दा उनीहरूले शरीरभित्र र मोटरसाइकलको सिटमुनि गाँजा लुकाएका थिए। दुवैलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।