नेपाल शिक्षक महासंघ पर्साले शनिवार वीरगंजमा पत्रकार सम्मेलन गरि बीरगंज महानगर पालिका विरुद्ध आन्दोलनको चेतावनी दिएको छ । महानगरको शिक्षा महाशाखा ले आफुहरु उपर अन्याया गरेको महासंघका पदाधिकारीहरूको आरोप छ ।
पत्रकार सम्मेलनमा महासंघका नेताहरुले शिक्षा महाशाखाले ऐन कानून र शिक्षा नियमावली विपरित गरिएको दरबन्दी मिलान, घटुवा र सरुवाका अतिरिक्त अपारदर्शी निणर्य सबै अवज्ञा गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा महासंका पर्सा अध्यक्ष तिर्थराज यादबले शिक्षा महाशाखाले गरेका अहिलेका निणर्य खारेज गरि बार्ताको माध्यमले समस्याको समाधान खोज्न आग्रह गरे । समाधानको उपाय नखोजेमा यसको परिणाम गम्भिर हुने चेतावनी दिँदै उनले महासंघ चरणबद्ध आन्दोलनको तयारीमा रहेको र तव पनि समस्या समाधान नभएमा गर या मरको अभियानसम्म जाने चेतावनी दिएकाछन् ।
शिक्षकहरुको घटुवा, बढुवा गर्दा महाशाखामा आर्थिक चलखेल गरेको आरोप लगाए । उनले शिक्षकहरुले गर्ने आन्दोलनले पठन पाठनमा कुनै अवरोध सृजना हुन नदिने पनि बताएका छन् । पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रको मर्म र भावना बिपरित क्रियाक्लापका सबै प्रमाण लिएर जाँदा समेत महानगर निरिह बनेको आरोप लगाउँदै अध्यक्ष यादबले पंखा खरिद, पुस्तकालय निर्माण, कक्षा आठको परिक्षा संचालन र दिवा खाजा बितरण साथै सेनेृटरि प्याडमा समेत अनियमितताको आरोप लगाइएका छन् ।
पत्रकार सम्मेलनमा शिक्षक महासंघका महानगर अध्यक्ष प्रदिप कुमार जयसलाललृे ज्ञापन पत्र पढेर सुनाएका थिए । पत्रकार सम्मेलनमा शिक्षक महासंघका अगुवाहरू शिवनाथ थारु, बिनोद गिरीलगायतको सहभागिता थियो ।