दुई बालिका मृत भेटियो, आमा बेपत्ता मोरङ, १६ भदौ । मोरंगको सुन्दरहरैचामा दुर्ई बालिकाको शव फेला परेको छ । सुन्दरहरैंचा ७ निवासी अर्जुन कार्की र अस्मिता पौडेलका एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिकाको शव भेटिएको हो ।
शनिवार उनीहरूको शव घर नजिकै रहेको केराघारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरंगका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतका अनुसार शुक्रवार श्रीमानसँग विवाद भएपछि श्रीमती अस्मिता घरबाट निस्किएकी थिइन् । उनले आफ्ना दुर्ई छोरीलाई पनि सँगै लिएर हिँडेकी थिइन् । अस्मिता भने अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।
धनकुटाको पख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै आफ्नो लागि घर बनाउँदै थिए ।