‘मैले नगरे कसले गर्छ ?’ दिब्य धाम संरक्षणका लागि युवा अभियानमा सहयोग जुटन थाल्यो 

द इन्ड सम्वाददाता, ठोरी, १९ भदौ ।
ठोरी गाउँपालिका वडा नं. ३ रामनगर स्थित ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र संरक्षण तथा निर्माणका लागि सो क्षेत्रका युवाहरूले सञ्चालन गरेको ‘मैले नगरे कसले गर्छ ? अभियानमा सहयोगी हातहरू जुटन थालेका छन् ।
ऐतिहासिक धार्मिक महत्वको ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र पर्याटकको गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको भएता पनि त्यस तर्फ हालसम्म कुनै  निकायले उल्लेखनीय काम नगरेको भन्दै सो क्षेत्रका युवाहरूले ‘मैले नगरे कसले गर्छ ?’ अभियान सञ्चालन गरेका हुन् । बितेको साउन महिना देखि अभियान सञ्चालन भएको हो । अभियान सुरु भएसंगै सहयोगी हातहरू जुटन थालेका छन् ।
‘मैेले नगरे कसले गर्छ ?’ अभियानमा ठोरी- ३ रामनगर स्थायी घर भइ हाल चितवनको भरतपुर बस्दै आएका देवी पकवाल र फरिप्रसाद पकवाल दम्पतीले रु २५ हजार रुपैया  नगद सहयोग गरेको अभियानका अध्यक्ष चित्रप्रसाद न्यौपानेले मंगलवार जानकारी गराएका छन् ।
सहयोग दाता देवी पकवाल र फरिप्रसाद पकवाल दम्पती
त्यसैगरि ठोरी-३ रामनगर घर भइ हाल बैदेशिक रोजगारीमा रहेका दिपेश पकवाल र निर्मला पकवाल दम्पतिले नगद पाँच हजार रुपैयाँ, सोही स्थान घर भइ हाल भरतपुर चितवनका बासिन्दा तथा बैदेशिक रोजगारीमा रहेका कमल श्रेष्ठले पाँच हजार ५५५ रुपैया नगद सहयोग गरेका छन् ।

 

सहयोग दाता दीपक पकवाल र सीता पकवाल दम्पती
‘मैले नगरे कसले गर्छ ?’ अभियानमा सहयोग गर्ने दाताहरू ठोरी-१ रामनगर घरभई हाल बैदेशिक रोजगारीमा रहेका दीपक पकवाल र सीता पकवाल दम्पतीबाट १० हजार पाँच रुपैयाँ, ठोरी-५ सुवणर्पुर घर भइ हाल बैदेशिक रोजगारको क्रममा यु.एस.ए. रहेका भगवती खडका र प्रविण खडका दम्पतीबाट २० हजरा ३४५ रुपैयाँ नगद सहयोग प्राप्त भएको अभियानका कोषाध्यक्ष शारदा अधिकारीले जानकारी गराएकी छन् ।
सहयोग दाता भगवती खडका र प्रविण खडका दम्पती, साथमा नानी, बाबु ।
अभियानमा धार्मिक आश्थाका श्रद्धालु भक्तजनहरूले एक किसिमले सहयोग गरिरहेका छन् भने रामनगर एवं ठोरीसंग आत्मियता वा मायाँ जोडिएकाहरूले पनि सहयोग गरिरहेका छन् । अर्को पक्ष भने युवा र उनीहरूको अभियानलाई मनोवल बढाउन एवं उत्साह जगाउनका लागि सहयोग गर्ने समाजसेवीहरू पनि रहेका स्थानीय युवा अगुवा तारानाथ ढुंगेल बताउँछन् ।
सहयोग दाता कमल श्रेष्ठ
अभियान सुरु भएको एक महिनाको अवधिमा एक लाख रुपैयाँ जति नगद सहयोग संकलन भइ सकेको अभियानका सदस्यहरूले बताएका छन् । हाल संकलित रकमले ’गोकर्णेश्वरर दिब्य धाम’ क्षेत्रमा अवस्थित जिर्णो अवस्थमा पुगेको शिव मन्दीरको जिर्णोद्वार गर्ने काम पहिलो प्रथमिकतामा रहेको अभियानका उपाध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

 

सहयोग दाता दिपेश पकवाल र निर्मला पकवाल दम्पति
स्थानीय युवाहरूको सक्रियतालाई सम्मान र प्रोतसाहन गर्दै स्थानीय सरकार, ठोरी गाउँपालिकाले चालु आर्थिक बर्षमा थोरै भए पनि महत्वपुर्ण काम गर्ने तत्परता देखाएको छ । पालिकाले १०८ शिव लिंग र ११ फिटको शिवजीको मुर्ती स्थपना गर्ने कार्यक्रम रहेको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जनाएका छन् ।
दिब्य धाम क्षेत्रको संरक्षण, विकास र प्रचार-प्रसारका लागि चित्रप्रसाद न्यौपानेको अध्यक्षतामा विष्णुप्रसाद पाण्डे उपाध्यक्ष, शारदा अधिकारी कोषाध्यक्ष, कमल नारायण खडका सचिव एवं गिभिणा बस्नेत, नानीराम भूजेर र रामशरण दर्जी सदस्य रहेको सात सदस्यिय समिति गठन भएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्वको ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र
धार्मिक तथा ऐतिहासिक महत्वको ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र ठोरी गाउँपालिकाको वडा नं. ३ रामनगरमा पर्छ । यो क्षेत्र भारतीय बाल्मिकी बाघ संरक्षण क्षेत्र, नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसंग जोडिएको छ ।
यस धामको पश्चिम तर्फ प्रसिद्ध सोहदरा माई, भगवान गौतम बुद्धले भिक्षाटन गरेको मानिएका भिखना ठोरी, सिता गुफा, हनुमान झुला, रामजन्म भूमि चितवनको अयोध्यपुरी, दशरथ ताल, पाण्डब गुफा, सुम्मेश्वर गढी र बालमीकी आश्रम अवस्थित छ । उत्तर तर्फ आदिवासी थारुका देवता महाराज चित्रशेनले तप गरेको वन, चित्रवन हाल चितवनको जंगल छ । सोही क्षेत्रमा विक्रम बाबाको मन्दिर हुँदै पवित्र देवघाट पुगिन्छ । बालमिकी आश्रम र देवघाट क्षेत्र गोकर्णेश्वर दिब्य धाम क्षेत्रबाट ६०-७० किलो मिटरको दुरीमा छ ।
यस धाम अवस्थित सुम्मेश्वर पर्वत माला समातेर करिब २० किलो मिटर उत्तर तर्फ प्रसिद्ध दुग्धेश्वर महादेव, रामभौरी भाठा पुगिन्छ भने पुर्व दक्षिण तर्फ लाटुमाई, जिराभवानीलगायतका धार्मिक शक्तिपीठहरू छन् ।
वीरगंज-ठोरी हुलाकी सडकले छोएको दिब्य धाम क्षेत्र धार्मिक एवं सास्कृतिक क्षेत्र प्रति रुचि राख्ने पर्याटकहरूका लागि एउटा आश्थाको केन्द्र बन्न सक्छ । हाल को चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्व ( बाल्मिकी बाघ संरक्षण ) क्षेत्र, रामायण कालमा भगवान राम, लक्ष्मणको वनबास क्षेत्र मानिन्छ । बाल्मिकी ऋषिको तप भूमि पनि यतै  रहेकाले लव, कुशको घोंड चढी र शिकार क्षेत्र पनि यही हो ।
मर्यादा पुरुष भगवान श्रीरामले धर्म, सत्य, र कर्तव्यलाई उच्च प्राथमिकता दिन्थे । ‘वाल्मीकि रामायण’ मा उल्लेख भएअनुसार उनी मुख्यतया भगवान शिव र माता दुर्गाको पूजा, आराधनामा लिन रहन्थे । भगवान राम वनबास रहँदा यस ‘गोकर्णेश्वर दिब्य धाम’ क्षेत्र आसपास उनले भगवान शिवको पूजा गरेको जनविश्वास छ । यकिन स्थल खोज भइनसकेको भएता पनि, दैनिक शिव आरधना गर्ने भगवान श्रीरामले यस क्षेत्रमा कैयन पटक शिवआरधना गरेको हुन सक्ने, ठोरीको ईतिहासबारे खोज अनुसन्धानमा जुटेका पत्रकार गोविन्दप्रताप श्रेष्ठको दावि छ ।
शिवजीको पुजा गर्दै महिला भक्तजन ।

यस क्षेत्रको संरक्षण, सम्बर्धन एवं जिर्णोद्वार र सौन्दर्याकरणका लागि यति नै रुपैयाँ दिनु पर्छ भन्ने तोकिएको छैन, दाताको गच्छे र विचार अनुसार जति सहयोग गर्न चाहे पनि अभियानले सहयोगलाई स्विकार्ने गरेको छ । यधमी पाँच हजार रुपैयाँ भन्दा बढि सहयोग गर्ने दाताको नाम शिलालेखमा उल्लेख गर्ने अभियानको कार्ययोजना छ । सहयोगका लागि दाताहरूले बैंक एकाउन्ट वा क्युआर कोड प्रयोग गरेर पनि सहयोग पठाउन सक्ने व्यवस्था गरेको अभियानले जनाएको छ ।

दाताले सहयोग पठाउनु पर्दा यस क्युआर कोडमा पनि अभियानलाई सहयोग पठाउन सकिन्छ
सहयोगी दाताहरुले सहयोग पठाउनु पर्दा अभियानको खाता नम्बर ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्