जिराभवानीमा बाघको आक्रमणबाट एक जना घाइते

२४ भदौ, जिराभवानी । बाघको आक्रमणबाट आज पर्साको जिराभवानी गाउपालिकाका एक जना युवक घाइते भएका छन्। घाइते हुनेमा जिराभवानी गाउँपालिका वडा नं ५ हरैया निवासी २५ बर्षीय दशरथ माझी मुसहर रहेका छन्।

मुसहर डिभिजन वन कार्यालय पर्साको राष्ट्रिय वनमा दाउरा लिन गएको बेला दिउँसो करिब १:०० बजे  बाघले आक्रमण गर्दा घाइते भएको स्थानीयले जनाएका छन।

सात जनाको समूहमा गएका मुसहर दाउरा खोज्ने क्रममा तीन जना छुटेको र सोही क्रममा बाघले आक्रमण गरेको सँगै रहेका प्रत्यक्षदर्शीले बताए।

आक्रमणपछि अन्य साथीहरुले दाउरा, खुर्पा लिएर बाघमाथि जाइ लाग्दा बाघ भागेको बताए। बाघको आक्रमणबाट मुस्हरको शरीरको कम्मर मुनीको पछाडीको भाग र दाहिने जाँघमा घाउ भएको छ । घाइते मुसहरलाई शंकरसरैया स्वास्थ्य चौकीमा उपचार गरी पठाइएको स्थानीयले जनाएका छन्।

- Advertisement -
Ad imageAd image
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्