पूर्ण अपाङ्गलाई ह्वीलचेयर वितरण

वीरगंज, २४ असार । उपकार सेवा नेपालले वीरगंज महानगरपालिका वार्ड न. १० निवासी लक्ष्मी खेतानको एक मात्र छोरा केशव खेतानलाई ह्वीलचेयर वितरण गरेको छ ।
केशव ६ वर्षको उमेर देखि शारीरिक अवस्था कमजोर हुँदै अहिले १९ वर्षको उमेर हुँदासम्म पूर्ण रूपले अपाङ्ग भएको र आर्थिक अवस्था एकदम कमजोर भइसकेको तथा स्वास्थ्य अवस्था पनि दयनीय भएपछि दैनिक जीवन अलि सहज होस भन्ने अभिप्रायले उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले एउटा हिवलचेयरको प्रदान गरेकी हुन् ।
आज घरमै पुगी एक कार्यक्रम बीच ह्वीचेयर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा संस्थाको अभिभावक पदमा देवी सरावगी, सदस्य सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको उपस्थिति थियोे ।
- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्