काठमाडौं, ६ असोज । स्वास्थ्य सेवामा लामो अनुभव बटुलेकी डा.संगीता कौशल मिश्रलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिई मन्त्री बनाउने तयारी भएको छ ।
सचिवमा बढुवा नभएपछि बिदामा बसेकी मिश्रले अब मन्त्री बन्ने भएपछि पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। उनी यौन तथा प्रजनन स्वास्थ्य र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । यसअघि उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको पनि नेतृत्व सम्हालिसकेकी छन् ।
डा. मिश्रको नागरिकता विवादित भएका कारण उनलाई सचिवमा बढुवा नगरिएको तत्कालीन सरकारका अधिकारीहरूले बताएका थिए।